पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाललाई जाँचबुझ आयोगको पत्र

Thankot Times

थानकोट ।

गत भदौ २३ र २४ गते भएका घटना छानबिनका लागि गठीत जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ ।

दुवै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्नहरु पनि पठाइएको आयोग स्रोतले बताएकाे हाे।

तर, आयोगमा जाने वा लिखित जवाफ पठाउने भन्नेबारे केही तय भइसकेको छैन् ।

संयोजक दाहाल भदौ २४ गतेको प्रदर्शन हुँदा सिंहदरबारभित्रै रहेकोमा सेनाले उनलाई पनि उद्धार गरेको थियो।

त्यस्तै, सभापति देउवा भने उक्त दिन बूढानीलकण्ठस्थित आफ्नै घरमा रहेकोमा जेनजी आन्दोलनकारीहरुले निर्घात कूटपिट गरेका थिए । आन्दोलन चर्किदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदत्याग गरेर हेलिकाेप्टरमा भागेका थिए ।

आयोगले जेनजी आन्दोलनका तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि लागि पत्र काट्ने तयारीमा आयोग रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *