मेक्सिकोमा भूकम्प, कम्तीमा दुईजनाको मृत्यु

Thankot Times

थानकोट ।

दक्षिणी र मध्य मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प भएको छ । भूकम्पमा कम्तीमा दुईजनाको मृत्यु भएको छ ।

अमेरिकाको सीबीएसले शुक्रवार साँझसम्म दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएको छ ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिमी ग्वेरेरो राज्यको सान मार्कोसनजिकै लोकप्रिय पर्यटकीय सहर अकापुल्को नजिक थियो ।

ग्वेरेरोका राज्यपाल इभेलिन साल्गाडोले ५० वर्षीया एक  महिलाको मृत्यु भएको बताइन् । मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले ६० वर्षीय एक पुरुषको मृत्यु पुष्टि गरेकी छन् । उनले १२ जना घाइते भएको बताइन् । बीबीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ