यस्ताे छ आज आइतबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो  रहनेछ।

आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ