नैकापबाट दिनदहाडै लाखाैं रुपैयाँ बराबरको धनमाल चोरी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४, बाइछापबाट लाखाैं रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार सो स्थानमा डेरा गरी बस्ने ३४ वर्षीया काजल बोगटीको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहनासमेत गरी करिब १८ लाख ७७ हजारबराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















