तापक्रम घट्यो, चिसो बढ्यो: चन्द्रागिरिको तापक्रम २ डिग्री, कीर्तिपुरको तापक्रम ३ डिग्री सेल्सियस
थानकोट ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ।
सोमबार काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ। त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको छ।
लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको छ भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको छ।
















