चन्द्रागिरि साकोसले प्रदान गर्ने उच्च शिक्षा छात्रवृत्ति प्राप्तिका लागि आवेदन आह्वान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्षपनि उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।

सहकारीले मंगलबार (पाैष २२) एक सूचना जारी गर्दै १० जोड २ तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने जानकारी गराउँदै इच्छुकबाट आवेदन आह्वान गरेको हो ।

सो छात्रवृत्ति कार्यक्रममा चन्द्रागिरि साकोसका कार्य क्षेत्र (धादिङ जिल्लाको धुनिवेशीं नगरक्षेत्र, थाक्रे गाउँपालिका क्षेत्र, काठमाडाैं र ललितपुर जिल्ला) भित्र रहेका सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरू सहभागी हुन पाउने बताइएको छ । यस कार्यक्रमका लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी योग्य रहने र आवेदकहरू मध्ये केहीले प्रतिवर्ष अधिकतम १० हजार रूपैयाँ छात्रवृत्ति पाउने संस्थाले जनाएको छ ।

इच्छुक विद्यार्थीले ३५ दिनभित्र संस्थाले तोकेको प्रकृया पूरा गरी आवेदन पेश गर्न सक्ने बताइएको छ ।

सो छात्रवृत्ति बढीमा ८० जना विद्यार्थीले पाउनेछन्, जसमा ४२ जना नयाँ विद्यार्थी हुनेछन् । ३८ जना भने यसअघिनै छात्रवृत्तिका लागि चयन भइसकेका छन् ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *