कस्तो रहला आज दिनभरको माैसम ?
थानकोट ।
तराईका धेरै स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ ।
केही भूभागमा मौसम बदली रहेको छ ।
काठमाडौंको न्यूनतम तापक्रम बिहान पौने ६ बजे ३.३ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ ।
बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।















