बालाजुबाट ४ सय बोरा युरिया मल बरामद
थानकोट ।
काठमाडौँको बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको छ ।
काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु पुलबाट ४ सय बोरा युरिया बरामद गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि प्रहरीले बरामद गरेको छ ।
सो सामान ल्याउने ना.६ ख ७०११ नम्बरको ट्रक चालक रौतहट वृन्दावन नगरपालिका–६ घर भएका २५ वर्षीय राजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चालकसहित भन्सार छलीको सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।











