प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडौंमा निर्वाचन प्रहरीको शारीरिक परीक्षा तालिका सार्वजनिक
थानकोट ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना हुन लागेका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका र स्थान सार्वजनिक गरेको छ ।
२०८२ फागुन २१ गते हुने चुनावको सुरक्षाका लागि आवेदन दिएका उम्मेदवारहरूको छनोट परीक्षा कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा हुने भएको हो ।

उम्मेदवारहरूले सम्बन्धित कार्यालयबाट प्राप्त गरेको प्रवेश पत्र र आफ्नो सक्कल नागरिकता अनिवार्य रूपमा साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने नियम बनाइएको छ ।
परीक्षामा सहभागी हुन आउँदा उम्मेदवारहरूले तोकिएको पोसाक लगाउनुपर्नेछ । जसअनुसार पुरुष उम्मेदवारले गेम ड्रेस र पिटी जुत्ता तथा महिला उम्मेदवारले ट्र्याक सुट र पिटी जुत्ता लगाएर उपस्थित हुनुपर्नेछ । तोकिएको मापदण्ड पूरा नगर्ने वा आवश्यक कागजात नबोक्ने उम्मेदवार परीक्षामा सहभागी हुन पाउने छैनन् ।
काठमाडौँ परिसर तथा सशस्त्र प्रहरीमा आवेदन दिई लेबोरेटरी स्कुलमा हुने शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षाको नतिजा भने २०८२ माघ ८ गते बिहान १२ बजे प्रकाशन गरिनेछ । उक्त नतिजा जिल्ला प्रहरी परिसर काठमाडौँको सूचना पाटीमा हेर्न सकिने प्रहरीले जनाएको छ ।
प्रतिनिधि तस्बिर
















