प्रतिनिधि सभा सदस्य निर्वाचनः क-कसलाई लाग्छ आचारसंहिता ?
थानकोट ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिजो आइतबार राति १२ बजेबाट आचारसंहिता लागु भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै आचारसंहिता लागु हुने जानकारी दिएका हुन् । विज्ञप्तिमा आचारसंहिता लागु हुने संस्था, व्यक्तिका बारेमा उल्लेख छ । सरकार र सरकारका मन्त्रीदेखि कामदारसम्मलाई आचारसंहिता लाग्नेछ ।

















