चित्लाङ फुटबल क्लबलाई स्पार्क हेल्थ होमको साथ

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेलिरहेका चित्लाङ एफसी र नव जनजागृती युवा क्लबलाई  स्पार्क हेल्थ होमले साथ दिने भएको छ ।

बिहीबार स्पार्क हेल्थ होमका निर्देशक रुपेश अधिकारी, चित्लाङका अध्यक्ष सुगन तण्डुकार र नव जनजागृतीका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार, स्पार्क हेल्थ होमले प्रतियोगिता अवधिभर खेलाडी घाइते भएमा उनीहरूको निःशुल्क उपचार गर्नेछ ।

साथै, प्रतियोगितामा क्लबका लागि फिजियोथेरापिस्ट पनि उपलब्ध गराउनेछ ।

स्पार्कका निर्देशक अधिकारीले आवश्यकता अनुसार आगामी प्रतियोगितामा पनि यो सहकार्यलाई निरन्तरता दिने योजना रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *