उम्मेदवारी फिर्ताको हल्लापछि आशिका तामाङको भनाइ- फिर्ता होइन, जितेर आउँछु

Thankot Times

थानकोट ।

आगामी फागुन २१ को निर्वाचनमा धादिङ–२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले बाहिर आएका हल्लाका कुनै सत्यता नभएको बताएकी हुन्। उनले लेखेकी छिन्, ‘हल्लाको पछि नलागौँ। चुनाव जित्न उठेको म उम्मेदवारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउँछु म।’

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज दिउँसो तीन बजेसम्मको समय दिएको थियो। यसबिच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरूले उम्मेदवारी फिर्ता लिएका छन्।

यस क्रममा तामाङले पनि उम्मेदवारी फिर्ता लिएको कुरा आयोग श्रोतले बताएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ