मनाङमा एमाले र राप्रपाको कांग्रेसलाई ‘वाकओभर’

Thankot Times

थानकोट ।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा एमाले र राप्रपाका उम्मेदवारले वाकओभर दिएका छन् ।

उम्मेदवारी फिर्ता लिने समयमा कांग्रेसका टेकबहादुर गुरुङलाई एमालेका उम्मेदवार पोल्देन छेपाङ र राप्रपाका कुविरसिंह गुरुङले समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिएका छन् ।

उनीहरूले उम्मेदवारी फिर्ताको निवेदन दिएको निर्वाचन कार्यालय मनाङका सूचना अधिकारी गोविन्द अर्यालले पुष्टि गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ