प्रतिनिधिसभा निर्वाचन : तीन हजार ४०६ उमेदवार

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति शुक्रबारसम्म देशभरबाट तीन हजार ४०६ उमेदवार रहेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार, दर्ता गराएका उमेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उ

मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन् भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दामाथिका ४२५ जना छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका निम्ति गत माघ ६ गते देशभर मनोनयन दर्ता गरिएको थियो । देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८४ जनाको उमेदवारी दर्ता भएको थियो ।

आयोगले शुक्रबार (माघ ९) उमेदवारी फिर्ताको समय तोकेको थियो । सो समयमा ७८ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

आयोगले आजै उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ