आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोट: नेपालको पहिलो जित

Thankot Times

थानकोट ।

आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित हात पारेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेले दिएको १३० रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

खेलको सुरुआत भने नेपालका लागि चुनौतीपूर्ण रह्यो। ५.३ ओभरमै नेपालले ४७ रन जोड्दा २ महत्वपूर्ण विकेट गुमाएको थियो। त्यसपछि मध्यक्रममा कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महतोले सम्हालिँदो ब्याटिङ गर्दै ३५ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। तर कप्तान इन्दु वर्मा बोल्ड भएपछि उक्त साझेदारी लामो समय टिक्न सकेन।

नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक रनको योगदान दिँदै टोलीलाई जिततर्फ डोर्याइन्। कप्तान इन्दु वर्माले २३ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतमा २२ रन बनाइन्।

सीता रानामगरले ११ रन बनाउँदै इन्जुरीका कारण मैदान छाडिन्। बिन्दु रावलले १५ रन बनाइन् भने सम्झना खड्काले ९ रनको योगदान दिइन्।

जिम्बावेका लागि जोसेफिने नकाई नकोमोले सर्वाधिक २ विकेट लिइन्। त्यस्तै नोमवेलो सिबन्दा र क्रिसटाबेल चाटोनज्वाले समान १–१ विकेट हात पारिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *