पब्लिक डिबेटको लागि तयार छौँ: ओली

Thankot Times

थानकोट ,

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘पब्लिक डिबेट’का लागि तयार रहेको जनाएका छन् । ओलीले सार्वजनिक रूपमा उठेका प्रश्नहरूमा आमनेसामने बहस हुनु सकारात्मक भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

ओलीले बहसका लागि तयार रहेको जनाउँदै भने, ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देशनिर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’

उनले पब्लिक डिबेटमा उभिएर आफूले गरेका कामको तथ्य र अब काम कसरी गर्ने भन्ने एजेन्डा प्रस्तुत गर्न तयार रहेको पनि जनाए ।

‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्छु’, ओलीले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ