एमाले नेताहरुलाई किन धमाधम किन पत्र पठाउँदैछन् केपी ओली?

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्र लेखनलाई चुनावी प्रचारको अंग बनाइरहेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरूलाई जिताउन प्रचारप्रसारमा जुट्न अभिप्रेरित गर्दै अध्यक्ष ओलीले केन्द्रीय नेताहरूलाई सम्बोधन गरेर पत्र पठाइरहेका हुन्।

‘यहाँलाई अवगत नै छ– आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार– जितको फैसला गर्नेछ। देश निर्माणका लागिहाम्रो पार्टीलाई बहुमत आवश्यक छ। बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछ,’ अध्यक्ष ओलीले केन्द्रीय नेताहरूलाई सम्बोधन गर्दै पठाइएको पत्रमा भनिएको छ।

फागुन २१ को निर्वाचनका लागि एमालेको मनाङबाहेक सबैतिर उम्मेदवार छन्। मनाङका एमाले उम्मेदवार पोल्देन छोपाङ गुरूङले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङसँग चिट्ठा थुतेर समर्थन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ