राष्ट्रिय सभा निर्वाचन: बागमती प्रदेशमा ३१८ मत खस्यो
थानकोट ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा ३१८ मत खसेको छ ।
मकवानपुरका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३१८ मत खसेको हो ।
मतगणनाका लागि तयारी भइरहेको ढकालले जानकारी दिए ।
राष्ट्रिय सभामा बागमतीतर्फ रिक्त हुन लागेका दुई सिटका लागि निर्वाचन भएको हो ।
बागमतीमा प्रदेशतर्फ १०४ र स्थानीयततर्फ २३४ गरी ३३८ मतदाता थिए ।














