रिब्स माविलाई बाल दीक्षा सदन ३x३ बास्केटबल उपाधि

Thankot Times

थानकोट ।

ललितपुरको ग्वार्कोस्थित बाल दीक्षा सदनले आयोजना गरेको चाैथो बीडीएस अन्तर विद्यालय ३x३ बास्केटबल अन्तर्गत सिनियर छात्रातर्फको उपाधि रिब्स माविले जितेको छ ।

सेमीफाइनलमा चेल्सी स्कुललाई पराजित गर्दै फाइनलमा पुगेको रिब्सले फाइनलमा काठमाडाैं मोडेल स्कुलको चुनाैती १३-६ ले पन्छाउँदै सो उपाधि जितेको हो ।

डीएभीलाई सेमीफाइनल पराजित गर्दै काठमाडाैं मोडेल फाइनलमा पुगेको थियो ।

चन्द्रागिरि नगरपालिका-०५ स्थित रिब्स माविलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी सुप्रिया मल्ल प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी चुनिइन् ।

प्रतियोगितामा विभिन्न विद्यालयका १२ टोलीले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *