यु-२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी यमप्रसाद गुरुङको काँधमा
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान युथ महिला टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि यमप्रसाद गुरुङलाई नेपाली यु–२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
यसैगरी,एन्फाले सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षकमा प्रशिक्षक सञ्जीव जोशी र टोली व्यवस्थापकमा दिपा क्षेत्रीलाई नियुक्त गरेको छ ।
उनीहरूलाई आइतबार एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
यो मैत्रीपूर्ण खेल एन्फा, युनान विश्वविद्यालयको शारीरिक शिक्षा विद्यालय र नेपाल ओभरसिज चाइनिज एसोसिएसन को संयुक्त आयोजनामा हुन लागेको हो ।
मुख्य प्रशिक्षक गुरुङले ३१ जनवरीमा हुने खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएका छन् ।
प्रारम्भिक टोलीमा बोलाइएका खेलाडी
















