कराते वान प्रिमियर लिगमा एरिका गुरुङलाई रजत पदक
थानकोट ।
नेपालकी कराते स्टार एरिका गुरुङले २०२६ कराते वान प्रिमियर लिग इस्तानबुलमा रजत पदक जितेकी छन्।
फाइनलमा स्थान पक्का गरेकी एरिका टर्कीको इस्तानबुलमा भएको आइतबारको स्वर्ण भिडन्तमा भने चुकिन्।
उनले काजकिस्तानकी सोफ्यासँग फाइनल भिडन्तमा ४-२ को हार ब्यहोरिन्।
यसअघि उनले ६८ केजी तौल समूहको सेमिफाइनलमा इंग्ल्यान्डकी वाटलर्सलाई ४-१ ले हराएर फाइनलमा स्थान पक्का गरेकी थिइन्।
उनका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार एरिकाले हात पारेका सफलतामध्ये यो ऐतिहासिक हो।
















