आईसीसी महिला टी-२० विश्वकप-२०२६ खेल्ने नेपालको सपना चकनाचुर

Thankot Times

थानकोट ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

सोमबार बिहान त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले स्कटिस टोलीबाट १४० रनको चुनाैती पाएकोमा नेपाल १३.५ ओभरमा ६८ रनमै समेटियो ।

हारपछि नेपाल प्रतियोगिताको सुपर सिक्स चरण पुग्न असफल रहँदा खेल जितेको स्कटल्याण्ड अघिल्लो चरण प्रवेश गरेको छ ।

यससँगै विश्वकपमा पुग्ने नेपालकाे सपना अधुरै रह्याे । यो समुहबाट थाइल्याण्ड र नेदरल्याण्ड्सपनि सुपर सिक्समा पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *