साफ पुरुष फुटसल च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको सहज जित

Thankot Times

थानकोट ।

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष फुटसल च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा भुटानविरुद्ध ४–१ को पुनरागमन जित दर्ता गरेको छ ।

सोमबार थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा नेपाललाई जित दिलाउन पेम्बा दोर्जे लामाले २ तथा कप्तान विजय श्रेष्ठ र सरोज तामाङले १–१ गोल गरे । भुटानका लागिजेत्सुएन दोर्जीले १ गोल गरे ।

खेलको १६ औँ मिनेटमा जेत्सुएनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवातमै विजयले नेपाललाई बराबरीमा ल्याए ।

पेम्बाले २५ र ३१ औं मिनेटमा गोल गर्दा नेपालको अग्रता ३–१ मा पुग्यो । सरोजले खेल सकिन २ मिनेट बाँकी रहँदा नेपालका लागि चौथो गोल गरे ।

जितसँगै ६ खेलमा ११ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

पराजित भुटान समान खेलबाट १ अंकका साथ पुछारमा रह्यो ।

प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *