साफ फुटसल च्याम्पियनसिप: उपाधी माल्दिभ्सलाई, नेपाल तेस्रो

Thankot Times

थानकोट ।

नेपालले साफ फुटसल च्याम्पियनसिपको अन्तिम खेलमा भुटानविरुद्ध ५–३ को गोल अन्तरको जित निकालेको छ ।

यो जितसँगै नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।  ‘सिंगल राउन्ड रोबिन’ प्रणालीअनुसार सञ्चालित यो प्रतियोगितामा नेपालले समूह चरणमा तीन जित, दुई बराबरी र एक हारसहित ११ अंक जोडेको हो ।

सोमबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालामा  भुटानले नेपालविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । नेपालले दोस्रो हाफमा उक्त नतिजा उल्ट्याउँदै ४–१ को जित निकालेको हो ।

पराजित भुटानले भने एक अंकका साथ तालिकाको पुछारमा रही प्रतियोगिता टुंग्याएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा पहिलोपटक भएको यो प्रतियोगिताको उपाधि माल्दिभ्सले अपराजित रहँदै उचालेको छ । माल्दिभ्सले प्रतियोगितामा ६ खेल खेल्दा शतप्रतिशत जित आत्मसाथ गर्‍यो ।

भारतले दोस्रो स्थानमा रही प्रतियोगिता पूरा गरेको छ । समान आठ अंक बनाए पनि गोल अन्तरले नेपाल पछाडि परेपछि भारत उपविजेता बनेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *