टाइगर कप भलिबल: न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब फाइनलमा
थानकोट ।
टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फका खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्सले जित निकालेका छन् ।
न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।
यस्तै, थाइल्यान्डले पनि आर्मीलाई ३–० कै सोझो सेटमा हराउँदै फाइनल जिवितै राखेको छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–० को सोझो सेटमा जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न खेलमा गण्डकी २५–२२, २५–२०, २५–१४ ले विजयी भयो ।
यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल संघलाई लाई ३–० को सोझो सेटले पराजित गरेको थियो ।















