करिब १७ लाख रुपैयाँ बराबरको चाँदीजस्तो धातुसहित नागढुंगाबाट समातिए किसन
थानकोट ।
नेपाल प्रहरीले नागढुंगा नाकाबाट एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका सूचना अधिकारी प्रहरी उपरीषक पवन कुमार भट्टराईका अनुसार मंगलबार (माघ १३) बिहान नागढुंगा नाकामा पर्साको वीरगञ्जबाट काठमाडाैंतर्फ आउँदै गरेको म.प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रु बसलाई जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाका २५ वर्षीय किसन साह माथि पनि चेकजाँच हुँदा उनले लुकाई ल्याएको अवस्थामा २.५ केजी चाँदी जस्तो सेतो धातु बरामद भएको हो ।
सो पदार्थको मूल्य करिब १६ लाख ९० हजार रुपैयाँ भएको प्रहरीको भनाइ छ ।
प्रकाउ परेका साहमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
















