मैत्रीपूर्ण खेलका लागि नेपाली महिला यु-२० टोली घोषणा

Thankot Times

थानकोट ।

चीनको युनान युवा महिला टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली यु–२० टोलीको घोषणा भएको छ।

नेपालका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेल माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाइएका ३० जनाबाट ७ जना बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना मा तथा नेपालस्थित चिनियाँ राजदुतावास र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयमा खेल आयोजना हुन लागेको हो ।

चिनियाँ नयाँ वर्षको अवसर पारेर एन्फाले विगत ३ वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीबीच यस्ता मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।

नेपाली टोली 

बिर्सना चौधरी, कुसुम खतिवडा, लिला जोशी, मीना देउवा, समीक्षा मगर, सुजाता तामाङ, सुक्रिया मिया, अमिता भुल, पूर्णिमा राई, अनिशा राई, अस्मिता गुरुङ, भावना परियार, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, पुनम चेम्जोङ, सजिना स्याङतान, संगीता अधिकारी, सानिमा माया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बु पन्धाक, सिम्रन राई


Leave a Reply

Your email address will not be published. Required fields are marked *