टी २० विश्वकप क्रिकेट-२०२६ कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

Thankot Times

थानकोट ।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष प्रसारणबारे जानकारी दिईएको हो ।

कन्तिपुरले विश्वकपका सबै खेलहरु नेपाली कमेन्ट्रीसहित कान्तिपुर म्याक्स–२ बाट तथा अङ्ग्रेजी कमेन्ट्रीसहित कान्तिपुर म्याक्सबाट गर्नेछ । प्रत्येक खेलको विज्ञसहित प्रि–म्याच र पोस्ट–म्याच कार्यक्रम सञ्चालन गरिने पनि बताईएको छ ।

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ ।

नेपालले फेब्रुअरी ८ तारिख इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *