यू-१९ महिला साफ च्याम्पियनसिप आजदेखि पोखरामा सुरु हुँदै

Thankot Times

थानकोट ।

आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुँदै छ ।

नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदैछन् । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ ।

पहिलो खेल बंगलादेश र भुटानबीच मध्यान्ह १२ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल दिउँसो ३ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।

त्यस्तै, फेब्रुअरी २ मा बंगलादेश र भारत तथा नेपाल र भुटानबीच खेल हुँदैछ ।

त्यसैगरी फेब्रुअरी ४ मा भारत र भुटान तथा बंगालदेश र नेपालबीच खेल हुँदैछ ।

यी खेलपछि शिर्ष स्थानमा रहेका दुई देश फेब्रुअरी ७ मा फाइनल हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *