चन्द्रागिरि-१५ विष्णुदेवी क्षेत्रबाट समातिए कीर्तिपुरका दुईजना युवा
थानकोट।
नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-१५ विष्णुदेवीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ट्याब्लेट सहित २ जना युवालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरूमा महर्जन देउला थरका युवा रहेका छन् ।
प्रहरी वृत्त थानकोबाट खटिएको प्रहरी टोलीले उनीहरू सवार मोटरसाइकलसहित उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकात्मक तस्बिर
















