आईसीसी पुरुष टी-२० विश्वकप: आज नेपाल र इंग्ल्यान्डबीच खेल हुँदै

Thankot Times

थानकोट ।

नेपालले आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो पहिलो खेलमा आज इंग्ल्यान्डको सामना गर्दैछ ।

समूह ‘सी’ अन्तर्गतको यो खेल मुम्बईस्थित वानखेडे क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवाँ ३ मा सुरु हुनेछ ।

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदै छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले समूह चरण भने पार गर्न सकेको थिए ।

यसपटक नेपालले कम्तिमा सुपर– ८ सम्म पुग्ने लक्ष्य राखेको छ । यसअघि अघिल्ला २ संस्कणमा हामीले समूह चरणका लागि मात्रै सोचेका थियौं,’ रोहितले प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा भनेका थिए,‘ यस पटक हाम्रो लक्ष्य सुपर– ८ हो । त्यसैका लागि खेल्ने छौं ।’

नेपालले समूह चरणमा प्रतिस्पर्धा गर्ने सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो– इंग्ल्यान्ड । पहिलो संस्करणदेखि नै टी– २० विश्वकपमा सहभागिता जनाएको इंग्ल्यान्ड दुईपटक च्याम्पियन बनेको छ । टोलीले सन् २०१० र २०२२ मा उपाधि जितेको थियो ।

नेपालका लागि इङ्ल्यान्ड नयाँ प्रतिद्वन्द्वी हो । यस्तै, इंग्ल्यान्ड ट्वान्टी– २० अन्तर्राष्ट्रियमा नेपालले सामना गर्न लागेको छैटौँ टेस्ट राष्ट्र हुनेछ ।

यसअघि नेपालले भारत, दक्षिण अफ्रिका, बंगलादेश, वेस्ट इन्डिज र जिम्बावेसँग खेलिसकेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *