आईसीसी पुरुष टी-२० विश्वकप: नेपालको सम्मानजनक हार, इंग्ल्यान्ड ४ रनले विजयी

Thankot Times

थानकोट ।

नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको छ ।

मुम्बईको वानखेडे रंगशाला इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाँदै १८० रन बनायाे ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता थियो । तर, नेपालले अन्तिम ओभरमा पाँच रनमात्र बनाउन सक्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

४२–२ को स्थितिमा ब्याटिङका निम्ति आएका दीपेन्द्रले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका निम्ति ८२ रनको साझेदारी गर्दै नेपालको मध्यक्रमलाई मजबुत बनाएका थिए ।

तर, १४.२ ओभरमा दीपेन्द्र आउट भए । यसपघि नेपालले स्कोरबोर्ड दुई रनमात्रै थप्दा कप्तान रोहितलाई पनि गुमाउँदा मध्यक्रममा पुनः दबाब बढेको थियो । रोहितले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन थपे ।

लोकेश बमले आक्रमक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए । उनले १९५ को स्ट्राइक रेटमा ब्याटिङ गर्दा चार चौका र चार छक्का प्रहार गरे ।

नेपालले १७.२ ओभरमा आरिफ सेखलाई गुमायो । आरिफलाई जोफ्रा आर्चरले विकेटकिपर जस बटलरबाट क्याच गराएका थिए । आरिफले आठ बल खेल्दा एक छक्कासहित १० रन जोडे ।

त्यसअघि ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाउने प्रयास गरेका थिए । चार चौका र एक छक्का प्रहार गरेका कुशललाई विल ज्याक्सले ५.२ ओभरमा ‘कट एन्ड बोल्ड’ गर्दै पभेलियन फर्काएका थिए । अर्का ओपनर आसिफ सेख भने सस्तैमा आउट भए । उनले नौ बलमा एक चौका प्रहार गर्दा सात रन बनाए ।

इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए । चार ओभरमा उनले २१ रन खर्चिए । जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक विकेट विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो ।

इंग्ल्यान्डका ज्याकोब बेथेलले ५५ रन जोडे । उनले ३५ बलमा चार चौका र चार छक्का प्रहार गरे । ५७–३ को स्थिीतबाट ज्याकोबले कप्तान ह्यारी ब्रुकसँग पाँचौँ विकेटका निम्ति ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको मध्यक्रम सम्हालेका थिए ।

ब्रुकले ५३ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।

जस बटलरले १७ बलमा २६ रन थपे । अर्का ओपनर फिल साल्टलाई भने नेपालका शेर मल्लले एक रनमै पभेलियन फर्काएका थिए ।

नेपालका दीपेन्द्रले इंग्ल्यान्डका करनलाई बोल्ड गरे । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो । दुई रन बनाएका टम बान्टमलाई सन्दीप लामिछानेले एलबीडब्लूको धरापमा पारे ।

नेपालका दीपेन्द्र र नन्दन यादवले समान दुई विकेट लिए । दीपेन्द्रले इंग्ल्यान्डका ज्याकब बेन्थेल र साम करनलाई पभेलियनको दिशा देखाएको थिए । नन्दनले जस बटलर र ह्यारी ब्रुकलाई आउट गरे ।

सन्दीप लामिछाने र शेर मल्लको नाममा एक–एक विकेट लिए । सन्दीपले टम बान्टम र शेरले फिल साल्टको विकेट लिए । आजको खेलसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका शेरको यो पहिलो विकेटसमेत हो ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको यो पहिलो खेल हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *