आईसीसी पुरुष टी-२० विश्वकप: न्युजिल्यान्ड, इंग्ल्यान्ड र श्रीलंकाको विजयी सुरुवात

Thankot Times

थानकोट ।

जारी आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत आइतबार सम्पन्न दिनको पहिलो र प्रतियोगिताको चाैथो खेलमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको छ ।

चेन्नईमा भएको खेलमा १८३ रन पछ्याएको न्युजिल्यान्डले १७.५ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

दुवैले समूह ‘डी’मा पहिलाे खेल खेलेका हुन् ।​​​​​​

आइतबार नै सम्पन्न आफ्नो पहिलो खेलमा दुईपटकको विजेता इंग्ल्यान्डविरुद्ध नेपालले ४ रनको हार ब्यहोरेको छ ।

मुम्बईको वानखेडे रंगशाला इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाँदै १८० रन बनायाे ।

आयोजक श्रीलंकाले आईसीसी पुरुष टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह  ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो ।

कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको को १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी रहँदा १४३ रनमा समेटियो ।

प्रतियोगिताअन्तर्गत आज सोमबार आज इटली र स्कटल्याण्ड, जिम्बावे र ओमान तथा क्यानडा र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *