आईसीसी टी-२० विश्वकप: स्कटल्याण्ड, जिम्बावे र दक्षिण अफ्रिकाको विजयी
थानकोट ।
आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले सानदार सुरुआत गर्ने क्रममा क्यानडाविरुद्ध ५७ रनको सहज जित निकालेको छ ।
सोमबार (माघ २६) भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले २१४ रनको लक्ष्य दिएको थियो ।
जसलाई पछ्याउने क्रममा क्यानडाले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ५७ रनमात्र बनाउन सक्यो ।
विश्वकप अन्तर्गत नै सोमबार सम्पन्न दिनको पहिलो खेलमा स्कटल्यान्डले इटालीविरुद्ध ७३ रनको सहज जित दर्ता गरेको छ ।
कोलकाताको इडेन गार्डेन्समा इटालीले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रनमै समेटियो ।
यस्तै, जिम्बावेले ओमानविरुद्ध ८ विकेटको सहज जित हात पारेको छ ।
ओमानले पेश गरेको १०३ रनको लक्ष्य जिम्बावेले २ खेलाडीको नोक्सानीमा १३.३ ओभरमा पूरा गर्यो ।
प्रतियोगिता अन्तर्गत आज मंगलबार तीन खेल हुने तालिका रहेको छ, जसमा नामिबिया र नेदरल्याण्डस् बिहान ११ः१५ बजे खेल्नेछन् ।
न्यूजील्याण्ड र संयुक्त अरब इमिरेट्स दिउँसो ३ः१५ बजे आमुने सामुने हुँदा साँझ ७ः१५ बजे अमेरिकाले पाकिस्तानको सामना गर्नेछ ।
















