चुनावी सुरक्षा : पहिलो सुरक्षा घेरामा पनि खटिन सक्छ नेपाली सेना

Thankot Times

थानकोट ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावको लागि सेना फिल्डमा खट्न थालेको छ ।

चुनावी सुरक्षाको लागि सेनाले गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ ।

महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षासमेत सेनाले गर्न सुरु गरेकाे हाे ।

चुनावको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी तथा तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ । तर, आवश्यक परेको बेलामा सेना जुनसुकै घेरामा खटिनेछ ।

नेपाली सेनाले फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सो कुराको जानकारी दिइएको छ ।

‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा दिने क्रममा नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् । हामीसँग भएका विभिन्न किसिमका साधानहरू, सामग्री र हाम्रो क्षमता सदुपयोग गरेर यो निर्वाचनलाई नेपाली जनताको चाहान बमोजिम सफलतापूर्वक सम्पन्न गर्न हामी प्रभावकारी ढंगले परिचालन भएर आफ्नो काम सम्पन्न गर्नेछौं,’ युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाले भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *