आईसिसी टी-२० विश्वकप क्रिकेटः श्रीलंका, इटाली र भारतको सहज जित, नेपालको लज्जास्पद हार

Thankot Times

थानकोट ।

भारतले आईसिसी टी–२० विश्वकप २०२६ को समूह ‘ए’ को खेलमा नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

दिल्लीको अरुण जेटली स्टेडियममा बिहीबार साँझ सम्पन्न यो खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न दिनको पहिलो खेलमा श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको छ । घरेलु मैदान पल्लेकेलेमा आज भएको खेलमा श्रीलङ्काले ओमानलाई १०५ रनले हरायो ।

श्रीलङ्काले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमात्र बनाउन सक्यो ।

यस्तै, बिहीबार नै सम्पन्न दिनको दोश्रो खेलमा नवप्रवेशी इटालीसामु नेपाल निरिह रह्यो ।

टी-२० विश्वकपमा यो नेपालको अहिलेसम्मकै ठूलो हार हो ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेटायो । इटालीका एन्थोनी मोस्काले ६२, जस्टिन मोस्काले ६० रन बनाए । एन्थाेनी र जस्टिन दाजुभाइ हुन् ।

प्रतियोगिता अन्तर्गत आज अष्ट्रेलिया र जिम्बावे, क्यानडा र यूएई तथा नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकाबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *