आईसीसी टी-२० विश्वकप क्रिकेट: आज नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज मंगलबार आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ ।

खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो ।

लगातार तीन खेल हारेको नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।

जारी प्रतियोगितामा हालसम्म कुनैपनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ ।

लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।

आज नै बिहान सवा ११ बजे दिनको पहिलो खेल भारतको चन्नईमा क्यानडा र न्युजिल्यान्डबीचप प्रतिस्पर्धा हुनेछ, यस्तै दिनको दोश्रो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पल्लेकलेमा आयरल्यान्ड र जिम्बाबेबीच हुनेछ । यसअघि हिजो सोमबार भएका खेलहरूमा आयोजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराउँदै समूह ‘बी’बाट सुपर एटमा पुगेको छ । हिजो नै भएको खेलमा इंग्ल्याण्डले इटालीलाई २४ रनले र अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *