महिला एशिया कप राइजिङ स्टार्स : नेपाल भारतको ‘ए’ टोलीसँग पराजित

Thankot Times

थानकोट ।

थाइल्याण्ड चलिरहेको महिला एशिया कप राइजिङ स्टार्समा आज भएको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भारतको ‘ए’ टोलीसँग पनि पराजित भएको छ ।

नेपाल ७ विकेटले पराजित भएको हो ।

नेपालले जितका लागि दिएको ७९ रनको सामान्य लक्ष्य भारतको ‘ए’ टोलीले ७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमा अलआउट भएको थियो ।

नेपाल लगातार तीन खेलमा पराजित हुँदै बाहिरिएको छ । समुह ‘ए’ मा नेपालले अङ्क जोड्न सकेन । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले र दोस्रो खेलमा युएईसँग १८ रनले पराजित भएको थियो ।

एशिया कपमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा नेपाल रहेको समूहमा ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई तथा समूह ‘बी’ मा आयोजक थाइल्याण्ड, बङगलादेश, मलेसिया र श्रीलङ्का रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *