आईसीसी टी-२० विश्वकपमा आज तीन खेल हुँदै

Thankot Times

थानकोट ।

आईसीसी टी–२० विश्वकपमा आज तीन खेल हुँदैछन्।

पहिलो खेलमा सुपर आठ प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्दैछ।

यसअघि तीन खेल खेल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ भने इटालीले दुई अंक जोडेको छ।

इटालीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। यो खेल बिहान ११ बजेर १५ मिनेट जाँदा भारतको इडेन गार्डेनमा हुनेछ।

दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका श्रीलंका र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बोमा सुरु हुँदैछ।

बिहीबार नै हुने तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको चेन्नईमा सुरु हुँदैछ।

यसअघि बुधबार सम्पन्न खेलहरुमा क्रमश भारत, पाकिस्तान र दक्षिण अफ्रिका विजयी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *