टी-२० विश्वकप: आजबाट सुपर-८ का खेल हुँदै, पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै

Thankot Times

थानकोट ।

आईसीसी टी २० विश्वकप अन्तर्गत आज (शनिबार) बाट सुपर–८ चरणका खेलहरु सुरु हुँदै छन्।

पहिलो खेलमा आज पाकिस्तानले न्युजिल्यान्डको सामना गर्दै छ।

आर. प्रेमदासा स्टेडियम मा साँझ ७ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै यात्राको सुखद सुरुवातको लक्ष्यमा रहेका छन्।

दुबै टिमले समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर-८ पक्का गरेका थिए।

समूह चरणमा दुवै टोलीले ४-४ खेल खेलेका थिए, जसमा ३ जित र १ हार बेहोरे। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र नामिबियालाई हराउँदा भारतसँग पराजित भएको थियो। अर्को तर्फ न्यूजील्याण्डले अफगानिस्तान युएइ र क्यानडालाइ हराउँदा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

पाकिस्तान र न्यूजील्याण्डबीच टी-२० अन्तर्राष्ट्रियमा कडा प्रतिस्पर्धा भएको छ। दुइ टोलीबीच ४९ खेल हुँदा पाकिस्तानले २४ र न्यूजील्याण्डले २३ खेल जितेका छन्। २ खेल नतिजाविहीन रहे। विश्वकपमा भने पाकिस्तान केही बलियो देखिन्छ। दुवैबीच भएका ७ खेलमध्ये पाकिस्तानले ५ र न्यूजील्याण्डले २ खेल मात्र जितेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *