बल्खु पुलमा मध्यरातमा एउटा कार जलेर ध्वस्त, अनुसन्धान जारी
थानकोट ।
कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत सतुङ्गल बल्खुपुलमा एउटा कार जलेर ध्वस्त भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः३० बजे उक्त कार जलेर ध्वस्त भएको हो ।
कार कलंकीतर्फ जाँदै गरेको सिसीटिभी फुटेजमा देखिएको छ । बी एए २८३६ नम्बरको कार जलेर नष्ट भएको हो ।
चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्रको सहयोगमा उक्त गाडीमा लागेको आगो निभाइएको बताइएको छ ।
सो कारमा २ जना सवार भएको पनि प्रहरीको भनाइ छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।















