भक्तपुरमा कार दुर्घटना, तीन जनाको मृत्यु

Thankot Times

थानकोट ।

भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जीतपुर वडा कार्यालय नजिक सडकमा नगरकोटबाट सुडालतर्फ गुडिरहेको बा ५ च ७८८१ नम्बरको कार हिजो दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार काठमाण्डौ महानगरपालिका–३२ बस्ने ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूमध्ये योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको ट्रामा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *