मनकामना केबलकार सेवा आज र भोलि बन्द रहने

Thankot Times

थानकोट ।

मनकामना केबलकारको सेवा आज र भोलि (फागुन २० र २१ गते) स्थगित रहने भएको छ ।

मनकामना केबलकारको प्रवर्द्धक मनकामना केबलकार कम्पनीले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै आज फागुन २० गते बुधबार र भोलि फागुन २१ गते बिहीबार केबलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको थियो ।

फागुन २२ शुक्रबारबाट केबलकारको सेवा पुन: सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।

भोलि बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *