अब आधा भरिएको ग्यास सिलिण्डर बजारमा पठाइने

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पछिल्लो समय विकसित घटनाक्रमका कारण आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ ।

यही फागुन २९ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको निगमले जनाएको छ ।

साथै निगमले ग्यासको तौल घटाएर मूल्य पनि घटाएको छ । “ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य (रु ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको…,” निगमले भनेको छ ।

भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको भन्दै निगमले यस्तो जनाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ