१ करोड १६ लाख रकमसहित नागार्जुनबाट २ जना पक्राउ

Thankot Times

थानकोट ।

अवैध हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले काठमाडौँको नागार्जुन क्षेत्रबाट नगदसहित नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका-८ भिमढुंगाबाट २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोदप्रसाद धिताललाई पक्राउ गरिएको हो। उनीहरूबाट करिब १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका फरक-फरक व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका तीन वटा चेक तथा चार वटा बैंकका एटीएम कार्ड समेत फेला पारेको जनाएको छ।

यसका साथै एक थान नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारी साधन, एउटा दुईपाङ्ग्रे सवारी, एक थान सवारी दर्ता किताब र विभिन्न कम्पनीका छ वटा मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

बरामद सामग्रीमा ३१ वटा एनसेल र नेपाल टेलिकमका सिमकार्ड, एक कम्प्युटर तथा बाइनान्स खातामा रहेको ७ हजार १७५।३४ यूएसडीटीसमेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *