काबुलको अस्पतालमा आक्रमण, ४०० जनाको मृत्यु, २५० जना घाइते
थानकोट ।
अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् ।
यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणहरू भइरहेका छन् । युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आह्वानहरूलाई बेवास्ता गरिएको छ ।
पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ । पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानले बताएको छ ।
अफगानिस्तानका सरकारी उप–प्रवक्ता हमदुल्लाह फित्रतले एक्समा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे गरिएको हवाई आक्रमणले अस्पतालमा क्षति पुर्याएको बताएका छन् । उनले दुई हजार बेड क्षमताको उक्त संरचनाका ठूला खण्डहरू ध्वस्त पारेको बताएका छन् । उनले मृत्यु हुनेको संख्या अहिलेसम्म ४०० पुगेको र करिब २५० जना घाइते भएको जानकारी दिएका छन् ।