काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा हुने

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ ।

यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ ।
तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।

केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ ।

पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।

गगनकुमार थापाले नेपाली कांग्रेस सभापति पदबाट राजीनामा दिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ