ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा अस्पतालबीच सम्झाैता पत्रमा हस्ताक्षर

Thankot Times

थानकोट ।

आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि समझदारी भएको छ ।

ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक प्राडा सन्दुक रुइटको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गरे ।

समझदारी अनुसार तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गरिनेछ ।

यस्तै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्राछात्रको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *