अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमाले सचिवालय बैठक बस्दै
थानकोट ।
नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सोबारे छलफलका लागि आज बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले ओली पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ ।
ओलीलाई आज शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।















