प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल
थानकोट ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल शुरू गरेका छन् ।
उनले आज सोमबार सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सांसदहरूले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएको बताए ।
उनकाअनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए ।
छलफलमा सांसदहरूले आ-आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराएका सांसद न्यौपानेले जानकारी दिए।
प्रधानमन्त्रीले सीमित बजेटका कारण प्राथमिकताका आधारमा समस्या समाधानमा अघि बढ्ने बताएका छन् ।















